Comments Add Comment

रियल मड्रिडद्वारा रियल बेटिस पराजित, अन्य खेलको नतिजा के ?

३० पुस, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिसलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा लुका मोड्रिच र डेनी सेबालोसले गोल गरे । यता, रियल बेटिसको लागि सेगियो कनालेसले गोल गरेका थिए ।

१३औं मिनेटमा मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियल मड्रिडले पहिलो हाफसम्म अग्रता बनाएको थियो । ६७औं मिनेटमा कनालेसले गोल गर्दै रियल बेटिसलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

रियल मड्रिडलाई बराबरीमा रोक्न लागेको बेटिसले अन्तिम समयतिर गोल खाँदा हारबाट बच्न सकेन । ८८औं निमेटमा सेबालोसले गोल गर्दै रियल मड्रिडलाई २–१ गोलको जित दिलाए ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत नै आइतबार राति भएका अन्य खेलमा एट्लेटिको मड्रिडले लेभान्टेलाई १–० गोलले पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा सेभिल्ला एट्लेटिको बिल्बाओसँग २–० गोलअन्तरले पराजित भएको छ ।

जितसँगै चौथो स्थानमा रहेको रियल मड्रिडले १९ खेलबाट ३३ अंक बनाएको छ । लिगको तेस्रो स्थानमा रहेको सेभिल्लाको पनि ३३ अंक नै छ । लिगको दोस्रो स्थानमा भने एट्लेटिको मड्रिड रहेको छ । उसको १९ खेलबाट ३८ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment