+
+
Shares

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३० गते ११:०७

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो ।

नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन शैलीमा दिएका थिए, सोही शैलीमा बर्षा र संजोगले पनि फ्यानलाई सरप्राइज दिएका छन् ।

नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाको प्रेम चलचित्र क्षेत्रमा मात्र नभएर उनीहरुको फ्यानमाझ पनि चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?