Comments Add Comment

इरानमा बोइङ्ग विमान दुर्घटना

३० पुस, काठमाडौं । इरानमा एक कार्गो बोइङ्ग विमान दुर्घटना भएको छ । बोइङ्ग ७०७ कार्गो विमान राजधानी तेहरानको कराज विमानस्थल नजिकै दुर्घटना भएको द सनले लेखेको छ । ।

यो विमान बिस्केकबाट किर्गिस्तानको पायमका उडेको थियो । विमानमा १० जना सवार थिए । उनीहरुको अवस्था थाहा हुन सकेको छैन । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

विमान दुर्घटनाको कारण खुलेको छैन । तर, स्थानीय मिडियाहरुले पाइलटले नियन्त्रण गुमाएकाले जहाज दुर्घटना भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment