+
+

सञ्चय कोषको पत्र पछि नेपाल एसबीआई बैंकका सञ्चालक फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३० गते १४:२२

३० पुस, काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषका डेपुटी प्रमुख अधिकृत अर्जुनकुमार गौतम नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गौतमलाई सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि कोषकै नायव प्रमुख अधिकृत दीपक रौनियार कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक थिए ।

रौनियार कोषबाट बाहिरिए पछि कोषले उनको ठाउँमा गौतमलाई सञ्चालकमा नियुक्त गर्न पत्र पठाएको थियो ।

कोषको पत्र पछि सञ्चालक समितिले रौनियारलाई हटाएर गौतमलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?