+
+

गोरखा-आबुँखैरेनी सडकको कट्टेलचोकमा बम जस्तै शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते ७:१६

१६ भदौ, गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।

शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक्’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?