Comments Add Comment

युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

३० पुस, काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो ।

नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो ।

नेपालकी सीता रानामगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाइन् । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाए ।

बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक/एक विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment