+
+

फुडमाण्डुको अनलाइन फुड फेस्टिभल मंगलबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३० गते १८:५८

३० पुस, काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाइन फूड फेस्टिभल २०१९ आयोजना गरेको छ ।

अघिल्लो वर्ष पनि संचालन गरिएको अनलाइन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव जनवरी १५ (माघ १) देखि जनवरी २४ (माघ १०) सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्नाविशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेनछन् ।

यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजालिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एप्समा मात्र संचालन गरिएको छ ।

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु.१ मा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेकदिन १० जना ग्राहकहरुले रु. २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का (रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म पि|m डेलिभरीको व्यवस्था गरिएको छ ।

यस उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुई पटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ ।

अघिल्लो वर्ष भव्यताका साथ संचालनगरिएको अनलाईन फुड फेस्टिभलको यो दोस्रो संस्करण हो । पहिलो संस्करणको सफलताबाट निकै उत्साहितभएर यो वर्षपनिअनलाइन फुड फेस्टिभल आयोजनागरिएको कम्पनीकामुख्यकार्यकारी मनोहर अधिकारीले बताए ।

‘यो वर्ष हाम्राग्राहकहरुकालागिअझ धेरै छुट र अफरका साथ खानाको मेनुमा भेराईटी थप गराएका छौं, जसले तपाईँको खानाको आवश्यकतालाई सजिलै पुरा गर्नेछ,’ उनले भने ।

यस वर्ष अझ धेरै आकर्षण र सुविधाभएकोले ग्राहकहरुको सहभागीता बढ्नेमाकम्पनी सुनिश्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?