Comments Add Comment

राष्ट्रिय योग दिवस मनाइयो

१ माघ, काठमाडौं । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर मंगलबार काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा योगाभ्यासको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारिएको थियो ।

उपप्रधानमन्त्री यादवले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि जानकारी दिए ।

शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको छ । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment