Comments Add Comment

म्यान्चेस्टर युनाइटेड विजयी

Photo Credit : प्रिमियर लिग

६ माघ, काठमाडौं । म्यान्चेस्टर युनाइटेडलले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रिग्टनलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

म्यान्चेस्टर युनाइटेडको जितमा पाउल पोग्बा र मार्कोस राष्फोर्डले गोल गरेका थिए । ब्रिग्टनका लागि पास्कल ग्रोसले गोल गरेका थिए ।

खेलको २७ औ मिनेटमा पोग्बाको पेनाल्टी गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ४२ औ मिनेटमा राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ७२ औ मिनेटमा पास्कलले गोल गर्दै ब्रिग्टनलाई २–१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन ।

जितसँगै म्यान्चेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । म्यान्चेस्टर युनाइटेडले २३ खेलबाट ४४ अंक बनाएको छ । पराजित ब्रिग्टनको भने २६ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment