Comments Add Comment

मन्थली बस दुर्घटनामा एकको मृत्यु, २० जना घाइते

गम्भीर ६ जना काठमाडाैं रेफर

६ माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा  आइतबा मध्यान्ह बस दुर्घटना भएको छ ।

ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर ६ जनालाई उपचारका लागि काठमाडौं रेफर भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment