Comments Add Comment

निर्मलाको घर पुगेर विश्वप्रकाशले भने– न्यायका लागि कांग्रेस सडक र सदनबाटै लड्छ 

Photo Credit : निर्मलाको घरमा विश्वप्रकाश शर्मा, रासस ।

७ माघ, भीमदत्तनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सोमबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको घरमै पुगेर न्यायका लागि कांग्रेसले साथ दिने बताएका छन् ।

कञ्चनपुर भीमदत्तनगरपालिका-२ स्थित निर्मलाो घरमा पुगेका उनले  कांग्रेसले सरकारलाई  गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन दबाब दिँदैं आएको भन्दै अघि भने–’ निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ । घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।

भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी थिइन् ।

यस्तै, सोमबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोपसमेत लगाए ।

उनले दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको दावी गरे । जनताका दैनिक उपभोग्यका वस्तुमा मूल्य आकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनेको उनको भनाइ छ ।

काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment