Comments Add Comment

मोफसलमा ‘रणवीर’, सुवेक्षाले प्रष्ट्याइन् फिल्ममा डेब्यूको कारण

चलचित्र प्रचारका लागि मोफसल टुर अहिले अनिवार्य जस्तै बनेको छ । यहीक्रममा, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’को यूनिट पनि मोफसल टुरमा छ । चलचित्रका निर्माताद्धय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको साथमा कलाकारहरु नरेश पौडेल, सुशिल सिटौला, सुवेक्षा खड्का, सुपुष्पा भट्ट मोफसल टुरमा छन् । उनीहरुले, स्थानिय संचारकर्मीलाई चलचित्रको बारेमा जानकारी दिएका छन् ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा प्रशान्त ताम्राकार, टिका पहाडी , रवी गिरी , शैलेश्वरी सिंह , जगदिश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय छ । कलाकार सुशिल सिटौलाले आफूले चलचित्रमा माया , मित्रता र परिवारसँगै राष्ट्रको लागि पनि केही गर्न तयार हुने यूवाको भूमिका निर्वाहा गरेको बताए ।

नायिका खड्काले आफूले कथावस्तुकै कारण चलचित्र रोजेको बताइन् । उनले चलचित्र एउटा पूर्ण प्याकेज भएको बताइन् । यस्तै, नव–नायिका सुपुष्पा भट्टले आफ्नो भूमिकाले दर्शकमा केही छाप छोड्ने बताइन् । एक्सन र लभको प्याकेजमा तयार भएको यो चलचित्रमा सुशिल र प्रशान्तविचको टकराव देखाइएको छ । चन्द्र पन्तको एक्सन निर्देशन रहेको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment