Comments Add Comment

प्रधानमन्त्रीले डावोस पुगेर भने- शासक होइन, सेवक बन्न चाहन्छु

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्न लागेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

स्वीट्जरल्याण्डमा जारी डावोस बैठकमा बुधबार आफ्.नो धारणा राख्ने क्रममा भने, ‘हामी कहाँ कार्यकारी अधिकारी मन्त्रिपरिषदमा हुने प्रधानमन्त्रीय प्रणाली छ । यस्तोमा प्रधानमन्त्रीले अधिकार केन्द्रिकृत गर्‍यो भन्ने प्रश्नै आउँदैन ।’

प्रधानमन्त्री ओलीले आफू लोकतन्त्रका लागि ५० वर्ष लडेको र धेरै वर्ष जेलमा बसेको स्मरण गरे । ‘सेपीङ द फ्युचर अफ डेमोक्रेसी’ शीर्षकको सेसनमा उनले आफ्नो नेतृत्वको सरकार जननिर्वाचित सरकार भएकाले अधिकार केन्द्रित नगर्ने बताए । उनले भने ‘म शासक होइन जनताको सेवक बन्न चाहन्छु ।’

छोटो अवधीमा धेरै राजनीतिक परिवर्तन भोगेकाले जनतामा ठूलो अपेक्षा रहेको उनको भनाई थियो । ‘मिडियामा पनि सरकारप्रति त्यस्तै अपेक्षा देखिन्छ, तर विकास प्रक्रिया भनेको जादु जस्तो होइन’ ओलीले भने, ‘जनताले तत्काल नतिजा चाहेका छन् । तर विकास हुन समय लाग्छ ।’

सरकारले अहिले आर्थिक उन्नती र सुशासनमा केन्द्रित भएको ओलीको भनाई छ । उनले भने, ‘त्यही भएर त हाम्रो मुल नारा नै समृद्ध नेपाल, खुशी नेपाली छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment