Comments Add Comment

स्कुल भ्यान दुर्घटना हुँदा विराटनरमा पाँच विद्यार्थी घाइते

१० माघ, विराटनगर । विराटनगरमा स्कुल भ्यान दुर्घटना ५ जना विद्यार्थी घाइते भएका छन् । दुई जनाको अबस्था गम्भी ररहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान विद्यार्थी लिएर विद्यालय आउने क्रममा दुर्घटनामा परेको हो ।

को१च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोक्किदा पल्टिएको थियो ।

दुर्घटनामा परी ४ जनाको सामान्य रहेका छन भने अन्य दुईजनाको टाउकोमा चोट लागेकाले कोशी अञ्चल अस्पताल उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment