Comments Add Comment

यूएईविरुद्ध नेपाल ११३ रनमै अलआउट

११, माघ, काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा यूएईलाई ११४ रनको सामान्य चुनौती दिएको छ ।

आईसीसी एकेडेमीमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै खराब प्रदर्शन गर्‍यो । पहिलो ओभरमै पहिलो विकेट गुमाएको नेपालले ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहत दिए । सोमपालले ३० रन बनाए भने आरिफले २५ रन बनाए ।

नेपालका कप्तान पारस खड्का २० रनमा आउट भएपछि नेपाल पूरै दबाबमा आएको थियो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए ।

युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन-तीन विकेट लिए । त्यस्तै, इम्रन हैडरले दुई विकेट लिए ।
यसरी सुरु भयो विकेट पतन

टस हारेर पहिले ब्याटिङ गर्न मैदानमा छिरेको नेपालको ओपनिङ पहिलेका भन्दा राम्रो हुने अपेक्षा गरिएको थियो ।

ओपनिङमा ज्ञानेन्द्र र विनोद भण्डारी आएका थिए । तर पूरानै रोगबाट नेपाल छुटकारा पाउन सकेन । पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट हुनुले नेपाल सुरुवाती समयमा नै दबाबमा आएको थियो । ओपनिङ समस्या पहिले कै जस्तो दोहोरियो । पहिलो विकेट शुन्य रनमै गुमाएको नेपालले दोस्रो विकेट १६ रन हुदा गुमाएको थियो । यो पटक भने अर्का ओपनर विनोद पाँच रन बनाएर आउट भए । ६.१ ओभरमा विकेट गुमाएको नेपालले पूरै दबाबमा आयो ।

१२ ओभरको खेल चलिरंहदा नेपालले अर्को विकेट गुमायो । यो पटक भने कप्तान पारस खड्का नै आउट भए । व्यक्तिगत २० रनमा पारस आउट भएपछि नेपाल झनै दबाबमा आएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट हुदा नेपालको स्कोर चार विकेटको क्षतिमा ४७ रन भयो ।

नेपालका लागि सोमपाल कामीले केही हदसम्म राहात दिए । तर सोमपाल पनि ३० रनमा आउट भएपनि नेपाल झनै दबाबमा आएको थियो । यसबेला नेपालको स्कोर पाँच विकेटको क्षतिमा ७१ रन हुन पुग्यो ।

त्यसपछि छैटौ विकेटको रुपमा पवन सर्राफ तीन रनमा आउट हुदा नेपालको स्कोर ७६ थियो । त्यसपछि करण केसी २३.३ ओभरमा, बसन्त २४.५ ओभरमा आउट हुदा नेपालको स्कोर ८ विकेटको क्षतिमा ८१ रन बन्यो ।

नवौं विकेटको रुपमा आरिफ २५ रनमा आउट हुदा नेपालको स्कोर १०६ रन भयो । नेपाल ११३ रनमा अलआउट हुदा १०औं विकेटको रुपमा सन्दीप १५ रनमा आउट भए । त्यस्तै ललितनारायण भने २ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment