Comments Add Comment

फिल्म रिलिज हुनुअघि किन बढ्यो दुधको चोरी ?

भारतको तमिलनाडुमा अनौठो घटना भएको छ । एउटा तमिल भाषाको फिल्म रिलिज हुनु अगाडि दूधका प्याकेट चोरी हुने घटना बढेको छ । दुध चोरीका घटनाका बारेमा व्यापारीले पुलिसमा उजुरी गरिरहेका छन् ।

वास्तवमा दक्षिण भारतमा हिन्दु परम्परा अनुसार विशेष अवसरमा भगवानका मूर्तिहरुमा दुध चढाइन्छ । त्यसलाई पालभिषेकम भनिन्छ । पछिल्लो समयमा दक्षिण भारतमा फिल्मको सफलताको लागि समेत मुर्तिमा दुध चढाउने अर्थात् पालभिषेकमको चलन बढेको छ ।

तमिलनाडुमा दुध चेारी यतिधेरै बढेको छ कि त्यहाँको दुध डिलर एसोसिएसनले बुधबार प्रहरीमा जाहेरी नै दर्ता गरेको छ ।

पछिल्लो दुई दशकयता फिल्म रिलिज अघि मुर्तिमा दुध चढाउने क्रेज निकै बढिरहेको दूध डिलर एसोसिएनले जनाएको छ । फिल्म स्टारहरुलाई भगवानको दर्जा दिने फ्यानहरुले यसो गर्ने गरेका बताइन्छ ।

गत मंगलबार तमिल अभिनेता सिलाम्बरासनले एक भिडियो सोसल मिडियामा एउटा भिडियो शेयर गरेका थिए । जसमा उनले फेब्रुअरीमा रिलिज हुने आफ्नो नयाँ फिल्मको उत्सव मनाउनका लागि फिल्मका पोष्टरमा दुध चढाउन अपिल गरेका थिए ।

त्यो भिडियो भाइरल बन्यो । उनका फ्यानहरु दुध चोरेरै भएपनि फिल्मको पोष्टर र भगवानका मुर्तिहरुमा दुध चढाउन थालेका छन् ।

फिल्म स्टारकै कारण दुध चोरी बढेपछि त्यसलाई रोक्नका लागि दुध व्यापारीहरुले दक्षिण भारतीय फिल्म स्टार रजनीकान्त तथा कमल हसन लगायतसँग गुहार मागेका छन् ।

रजनीकान्तका प्रवक्ताले भने फेसबुकमा हुने स्टारहरुका फ्यान ग्रुपहरु अभिनेताले नभै स्वतस्फूर्त रुपमा फ्यानहरुले चलाउने गरेका भन्दै मानिसहरुले आफ्नो स्टारको सफलताको उत्सव मनाउन यसो गर्ने गरेका बताए । तर आफुहरुले त्यसरी दुध चोरी नगर्नका लागि बारम्बार अनुरोध गर्ने गरेको उनको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment