Comments Add Comment

पोखरामा माहोल जमाउँछन् गजलकार

पोखरा । जब दोस्रो शनिबार आउँछ, गजलकार एकै ठाउँ भेला हुन्छन् र सुरु हुन्छ गजल वाचनको शृंखला । पोखरामा डेढ दशकभन्दा दामो समयदेखि यो क्रम चलिरहेको छ ।

एकै थलोमा जम्मा भएर गजल वाचन र श्रवणको यो अभियान गजल सन्ध्या पोखराले चलाउँदै आएको छ । गजल सुन्ने-सुनाउने यो मञ्चमा कहिले ठूलो संख्यामा जम्मा हुन्छन्, कहिले थोरै तर वाचन निरन्तर चल्छ ।

यो शनिबार पनि उसै गरी पोखराका केही गजलकार भेला भए र चल्यो गजल सुन्ने-सुनाउने क्रम । गजल सन्ध्याले थालेको नियमित गजल वाचनको शनिबार १ सय ८७ औं शृंखला थियो ।

‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित हुँदै आएको गजल वाचनको यस पटकको शृंखलामा डेढ दर्जन गजल सुनिए । गजल चलाइरहेका पुराना पुस्तादेखि गजलमा कलम दौडाउन भर्खर सुरु गरेका गजलकारसम्म वाचनमा सहभागी बने ।

गजलकारले सरकारमाथि ब्यंग्य होइन, खबरदारी पनि गरे । निर्मला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्चियो ।

कार्यक्रममा बाबु त्रिपाठीले ३ गजल सुनाए । उनले ताली र वाहवाही बटुले । डा. वसन्त गौतम, लक्ष्मण थापा, सञ्जीव पौडेल, कपील शर्मा, अल्पज्ञानीका गजलले उस्तै मायामात्रै पाएन, हाँसो र माहोललाई रोमाञ्चक बनायो । कार्यक्रममा रुपिन्द्र प्रभावीले बाल गजल सुनाए । बालिका अभिलासी, देवी त्रिपाठी, शिव शंकल्प, अनिका सापकोटा, कमलराज रेग्मी, ईश्वर सुवेदी, सरोज केसी लगायतले गजल वाचन गरे ।

गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले गजल वाचन निरन्तर चल्ने अभियान भएको बताए ।

सन्ध्या र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्रा यसपाली स्याङ्जामा हुने आयोजकले जानकारी दिएको छ । ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर माघको शृंखलामा स्याङ्जाको कोल्माबहाकोटसम्म पोखरा, तनहुँ र आसपासका अक्षरयात्री जाने अध्यक्ष सुवेदीले बताए ।

कोल्माका होमस्टे गाउँमा पुगेर अक्षरयात्रीले तद्स्थानीय सिर्जना सुनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment