Comments Add Comment

मिलनका २ एल्बम सार्वजनिक, ‘मिलन च्यारिटी फाउन्डेशन’को पनि घोषणा

गायिका मिलन नेवारको चौथो एल्बम ‘मिलन यात्रा’ र पाँचौ एल्बम ‘मन रेशम’ सार्वजनिक गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एल्बमको बिमोचन गरेका हुन् । उनको साथमा गायक दिप श्रेष्ठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्तिबल्लभ, गायिकाका माता–पिताले पनि एल्बमको लोकापर्ण गरेका छन् ।

यो एल्बममा गीतकार योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत छ । कार्यक्रममा एल्बममा समावेश केही गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा मिलनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् ।

मिलनले आफ्नो सांगीतिक क्षेत्रबाट हुने आम्दानी मध्येको केही यो फाउन्डेशनमा खर्च गर्ने बताएकी छिन् । मिलनले सुरुवातमा आफ्नो सहायता शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment