Comments Add Comment

‘नेपाल आइडल’का क्रिसल अब मोडल

नेपाल आइडलमा सहभागी भएर राम्रै चर्चा बटुलका गायक क्रिसल कँडेल ‘मनको छाता’ बोलको गीतमा मोडलको रुपमा देखिएका छन् । इरिक गिरीको शब्द, संगीत र स्वरमा तयार भएको यो गीतमा क्रिसललाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

यो गीतमा क्रिसलको साथमा यङ्सु र सागरको मोडलिङ छ । भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा चन्दन दत्तको सम्पादन, सागर मगर र पूजन राइको कोरियोग्राफी, बुद्ध थापाको छायांकन समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment