+
+
Shares

विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो

हरि अधिकारी हरि अधिकारी
२०७५ माघ १३ गते १४:०५

१३ माघ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ ।

आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।

शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।

आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?