Comments Add Comment

ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको दोहोरो जित

१३ माघ, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको आफ्नो पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई २४–२६, २५–१२, २५–२० र २५–१२ को सेटमा पराजित गरेको हो । त्यस्तै, आजै भएको अर्को खेलमा पुलिसले चितवन टाइगर्सलाई २५–१०, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

त्यस्तै, आजै भएको अर्को खेलमा एपीएफ क्लबले आर्मी क्लबलाई पराजित गरेको छ । एपीएफले आर्मीलाई २५–१९, २५–११ र २५–१८ को सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५, २५–७ र २५–१२ को सेटमा पराजित गरेको छ ।

सोमबार प्रतियोगिताअन्तर्गत श्रीगाँउ र चितवन टाइगर्स, पश्चिमाञ्चल र आर्मी, एपीएफ र पुलिस तथा पश्चिमाञ्चल र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment