Comments Add Comment

चकलेटको साइड इफेक्ट दाँतदेखि पिसाबसम्म

बच्चा रुँदा वा झगडा गर्दा उनीहरुलाई शान्त पार्ने एउटा अस्त्र हो, चकलेट । हातमा चकलेट राखिदिएपछि बच्चाहरु रुँदारुँदै हाँस्न थाल्छन् ।

त्यसो त बच्चा मात्रै किन कतिपय युवायुवती पनि चकलेटका क्रेजी हुन्छन् । रिसाएकी प्रेमिकालाई फकाउनदेखि जन्मदिनको खुशी बाँड्नसमेत चकलेट प्रयोगमा आउँछ । नियन्त्रित मात्रामा चकलेटको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत पनि गर्छ ।

तर, आवश्यकताभन्दा बढी मात्रामा चकलेट सेवनले भने शरीरमा प्रतिकुल असर पार्ने चिकित्सकहरु बताउँछन् । चकलेटले मानिसको स्वास्थ्यमा उत्पन्न गर्न सक्ने समस्याहरु के के हुन् त ?

१. हड्डी कमजोर बनाउँछ

लगातार चकलेट खाएमा यसले हड्डी कमजोर बनाउन सक्छ । यसले आस्टियोपोरोसिस हुनुका साथै हड्डी फ्याक्चर हुने सम्भावनालाई बढाउँछ । यसमा भएको अक्सालेटले शरीरमा रहेको क्याल्सियम तथा सुगरलाई सोस्छ । जसले गर्दा शरीरमा क्याल्सियमको मात्रा कम भई हड्डी कमजोर हुने गर्छ ।

२. मधुमेहको जोखिम

चकलेटको सेवनले शरीरमा ग्लुकोजको मात्रा बढ्ने गर्छ जसले गर्दा मधुमेहको खतरा हुन्छ । यसबाहेक, अत्यधिक मात्रामा चकलेटको सेवनले मस्तिष्कको कार्यक्षमता सुस्त हुनसक्छ । मधुमेह ठूलालाई मात्र नभएर कम उमेरको बालबालिकालाई पनि हुनसक्छ । धेरै चकलेट खाने बच्चाहरुमा टाइप-२ मधुमेहको जोखिम बढि हुने गर्छ ।

३. मोटोपना

चकलेटमा क्यालोरीको मात्रा धेरै हुन्छ । यसमा चिनी तथा फ्याटको मात्रा पनि धेरै हुन्छ । त्यसैले, यस्ता चकलेटको अत्यधिक सेवनले शरीरसमेत फुलेर मोटोपनाको समस्या बढ्न सक्छ । यही कारण हो कि चकलेट तथा जंकफुड खाने बच्चाहरु आजकल मोटोपनाको शिकार भैरहेका छन् ।

४. पिसाबको समस्या

एउटा मिल्क चकलेटमा पाँच मिलिग्राम कफिन हुन्छ, जसको सेवनले बच्चाहरुमा पिसाबको समस्या उत्पन्न हुने गर्छ । यही कारण बच्चाहरुलाई प्रत्येक दश मिनेटमा पिशाब फेर्न जानुुपर्छ । त्यसैले, यस्तो समस्या देखिएमा बच्चाहरुलाई चकलेट दिन तुरुन्तै बन्द गर्नुपर्छ ।

५. दाँतको समस्या

चकलेटमा चिनीको मात्रा उच्च हुन्छ । चिनीको कमी भएमा चकलेटको स्वाद तितो हुने गर्छ । चकलेटमा अत्याधिक मात्रामा प्रयोग गरिने चिनीका कारण दाँतमा किरा लाग्ने लगायत विभिन्न समस्या निम्तिन सक्छ ।

६. लत बस्न सक्छ

कयौ बच्चाहरुलाई चकलेटको सेवनको लत बस्ने गर्छ । भनेको बेला चकलेट नपाए बच्चा बेचैन हुने तथा अन्य हर्कत अपनाउने गर्छन् । त्यसैले, बच्चाहरुलाई चकलेटको लत नबसोस् भन्न समयमै ध्यान दिनु जरुरी छ । अन्यथा, लगातार चकलेटको सेवन गर्नाले बच्चाको स्वास्थ्य खस्कनुका साथै उनीहरुको शरीरको विकास रोकिने गर्छ । र, स्वास्थ्यसम्बन्धी कयौ समस्या उत्पन्न हुन्छन् ।

७. हाइपर एक्टिभ गराउँछ

चकलेटमा रिफाइन्ड सुगर पाइन्छ, जुन ब्लड स्टीममा छिरेर ब्लड सुगर लेभल बढ्ने गर्छ । यसले शरीरमा एन्ड्रेलीन हर्मोनको उत्पादन बढेर बच्चाहरु हाइपर एक्टिभ हुने गर्छन् ।

८. एलर्जी

बदाम, अण्डा लगायतका विभिन्न तत्वको समिश्रणबाट चकलेट तयार पारिन्छ । यसले बालबालिकामा एलर्जी पैदा गर्न सक्छ । यदि बच्चालाई कुनै खानेकुराको एलर्जी छ भने त्यसमा समावेश गरिएको तत्वलाई ध्यान दिनु पर्दछ । अन्यथा, गम्भीर समस्या निम्तिन सक्छ ।

९. अनिद्रा र टाउको दुखाई

चकलेटमा एन्टिअक्सिडेन्ट, भिटामिन, डायट्री मिनरल्स र फ्याटी एसिड हुन्छन् । तर यसमा रहेको कफिनका कारण रातमा चकलेट खानाले अनिद्राको समस्या हुने गर्छ । त्यतिमात्र हैन, चकलेटमा रहेको थियोफाइलिइनका कारण हल्का टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या पनि पैदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment