Comments Add Comment

पारस ७२ घन्टा चिकित्सकको निगरानीमा, हाइ कोलेस्ट्रोलले समस्या जटिल

Photo Credit : फाइल तस्वीर

१५ माघ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक वंशाणुगत हृदयघात भएको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार यसपटक उनको मुटुको मुख्य नशा नै बन्द भएको थियो ।

प्रा.डा. यादवकुमार देव भट्टले एन्जियोप्लास्टिपछिको ७२ घण्टासम्म पारस खतराकै अवस्थामा रहेको बताए । हृदयघात भएपछि सोमबार सवा चार बजेतिर पारसलाई थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याएको १५ मिनेटमै कोरोनरी एनजिओप्लास्टी गरेर स्टेन्ट राख्न चिकित्सकहरु सफल भएका थिए । भट्टका अनुसार पारसको मुुटको बन्द भएको नशा कोरेर स्टेन्ट राखिएको हो ।

पासरको मुटुमा यो सँगै तेस्रो पटक स्टेन्ट राखिएको उनले बताए । पहिलो पटक सन् २०६४ मा नर्भिकमै र ०७२ सालमा थाइल्याण्डमा उनको मुटुमा स्टेन्ट राखिएको थियो । पारसको पहिलेदेखिकै कमजोर मुटु यसपटकदेखि अझ नाजुक भएको प्रा. डा. भट्टले बताए ।

यो पनि पढ्नुहोस् : पारसको एन्जियोप्लास्टीमार्फत स्टेन्ट प्रत्यारोपण गरियो

हाइ कोलेस्ट्रोलको समस्या रहेकाले पनि पारस जोखिममा रहेका छन् । ‘पारसलाई अहिलेसम्म भएका हृदयघात वंशाणुगत हुन्, वंशाणुगत हृदयघात निकै खतरनाक हुने भएकाले पारस ७२ घण्टासम्म खतरामुक्त हुनुहुन्न,’ प्रा. डा. भट्टले अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अहिले उहाँको ब्लड प्रेसर नर्मल छ तर, हाई कोलेस्ट्रोल अर्को समस्याको रुपमा देखिएको छ ।’ अब्जरभेजनमा रहेका पारसको उपचारमा १५ जनाको चिकित्सक टोली खटिएको छ ।

आज विहान दुखाई कम भएको कुरा पारस आफैले चिकित्सकलाई बताएका छन् । यसपटक हृदयघात हुँदा उनी बेहोस् नभएको डा. भट्ट बताउँछन् । सीसीयूमा राखिएका उनलाई आफन्तजनसँग भेट गर्न दिइएको छ । पूर्वरानी कोमलले पारसलाई सोमबार राति १०ः३० बजे भेटेकी थिइन् । सिमरामा रहेकी उनी छोरा बिरामी भएको खबर सुन्नासाथ गाडीमा काठमाडौं आएकी थिइन् ।

सिमरामै रहेका पूर्वराजा ज्ञानेन्द्रले भने फोनबाट छोराको अवस्थाबारे जानकारी लिइरहेका छन् । हिजो बेलुकी एक पटक र आज दुई पटक पूर्वराजाको फोन आएको प्रा. डा. भट्टले बताए ।

पूर्वराजपरिवारमा वंशाणुगत रुपमै मुटुको समस्या

पूर्वराजपरिवारलाई वंशाणुगत रुपमै मुटुको समस्या छ । तत्कालिन राजा त्रिभुवन र महेन्द्रलाई हृदयघात भएको थियो ।

ज्ञानेन्द्रलाई पनि हृदयघात भइसकेको डा. जेपी जैसवालले बताए । ज्ञानेन्द्रको परिवार नै मुटुरोगको जोखिममा रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment