
१५ माघ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले मंगलबार नर्भिक अस्पताल पुगेर पूर्वयुवराज पारस शाहसँग भेटेका छन् । भेटका क्रममा पारसले आफू ठीक रहेको थापालाई बताएका छन् ।
अस्पताल पुगेका थापाले पारससँग संक्षिप्त कुराकानी गरेको र अध्यक्ष थापालाई देख्नासाथ पारसले ‘नाउ आई एम गुड’ भनेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पारसको भनाइ उधृत गर्दै बर्तौलाले भने, ‘हिजो अलि दुखाइ थियो, अहिले ठीक छु अब केही दिनमै अस्पतालबाट डिस्चार्ज भएपछि फिट हुन्छु ।’
राप्रपा अध्यक्ष थापाले पारसलाई स्वास्थलाभको कामना गर्दै नमस्कार गरेका थिए । पारसलाई भेटेर फर्किने क्रममा ढोकामा पूर्वरानी कोमल शाहसँग राप्रपा नेताहरुको जम्काभेट भएको थियो । कोमलसँग केहीबेर कुरा गरेर थापा अस्पतालबाट फर्किएको बर्तौलाले बताए ।
थापाले अस्पताल परिसरमा राखिएको स्वास्थलाभको पुस्तिकामा पनि हस्ताक्षर गरे ।
प्रतिक्रिया 4