Comments Add Comment

भेनेजुएलाबारे नेपालले भन्यो : बाह्य हस्तक्षेपविना समस्या समाधान हुनुपर्छ

१५ माघ, काठमाडौं । सरकारले भनेजुएलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने बताएको हो ।

मन्त्रालयले भेनेजुएलामा भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट निकालिरहेको भन्दै यसमा निर्णय गर्ने जिम्मा भेनेजुयलाको नागरिककै भएको बताएको छ । ‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाका नागरिकसँगै छ’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

यो पनि पढ्नुहोस् : भेनेजुयलामा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै प्रचण्डको कडा विज्ञप्ति

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । त्यसपछि अमेरिकाले भेनेजुएलाको विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment