Comments Add Comment

प्रदेश ५ सरकारले गठन गर्‍यो विकास परिषद्

फागुन ३ गते स्थापना दिवसमा सार्वजनिक बिदा

१५ माघ, बुटवल । प्रदेश ५ सरकारले प्रदेश विकास परिषद गठन गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन भएको हो ।

परिषदमा प्रदेश सरकारका मन्त्रीहरु, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु, स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा बिशिष्ट योगदान पुर्‍याएका २५ जना विज्ञहरु सदस्य रहने प्रदेश सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अन्य बिभिन्न निणर्यहरु समेत गरेको हो ।

बैठकले गुल्मीको रुरु गाउँपालिकाको केन्द्र र नाम तथा प्युठानको झिमरुक गाउँपालिकाको केन्द्र परिवर्तनका सम्वन्धमा सम्वन्धित स्थानीय तहबाट सिफारिस भइ आएकोमा त्यसलाई संघीय सरकारमा पठाउने निणर्य गरेको छ ।

गुल्मीको रुरु गाउँपालिकाको नाम रुरु क्षेत्र, केन्द्र घिउबेसी र प्युठानको झिमरुकको केन्द्र भ्यागुतेमा तोक्न केन्द्र सरकारलाई सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद बैठकले फागुन ३ गते प्रदेश ५ स्थापना दिवश बिशेष कार्यक्रम गरी मनाउने निणर्य पनि गरेको छ ।

स्थापना दिवस मनाउन मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रबक्ता बैजनाथ चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश ५ मा फागुन ३ गते सार्बजनिक बिदा समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment