Comments Add Comment

उत्तर कोरियाले बनायो खान मिल्ने कपडा

आणविक हतियार परीक्षण तथा छिमेकीमाथि आक्रमणको धम्की दिएर विगतमा चर्चामा आउने गरेको उत्तर कोरिया अहिले नयाँ कारणले चर्चामा आएको छ ।

गरिबी तथा भोकमरीबाट जुधिरहेको देश उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् ।

किमले लञ्च गरेका ती फेसन प्रडक्ट निकै विशेष र दुनियाँमै अद्वितीय रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता के भने जिउमा लगाएका यी कपडा खान पनि सकिन्छ ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ । खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ ।

पुरुषको लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment