Comments Add Comment

आउँदो शैक्षिक सत्रदेखि काठमाडौंका विद्यालयमा स्थानीय पाठ्यक्रम

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।

महानगरपालिकाले विस २०७६ को शैक्षिक सत्रदेखि महानगरभित्रका ६ सय ४० वटा सामुदायिक विद्यालय र ९१ वटा संस्थागत (निजी) विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।

आधारभूत तहको ८०० पूर्णाङ्कमध्ये १०० पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउँछन् । अनिवार्य र ऐच्छिक विषय बाहेक १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ ।

त्यसै अनुसार कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्ने तयारी थालिएको महानगरपालिकाका शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाको शिक्षा समितिको बैठकले स्थानीय विषयवस्तु समेटिएको पाँच वटा पाठ्यपुस्तक बनाउने निर्णय गरेको छ ।

पनेपाल भाषा, कला-संस्कृति, सम्पदा, वातावरण, दिगो विकास, ट्राफिक व्यवस्थापन लगायतलाई केन्दि्रत गरेर पाँच वटा पाठ्यपुस्तक तयार गरिने उनले जानकारी दिए ।

‘हामी अझै पनि छलफलमा छौं, विषयवस्तुका विषयमा यही नै अन्तिम निर्णय भने होइन’, उनले भने । स्थानीय विषयवस्तु, स्थानीयको चाहनाअनुरुपको पाठ्यक्रम बनाउनुपर्ने भएकाले थप छलफल र अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

स्थानीय पाठ्यक्रम बनाउँदा स्रोत केन्द्र मार्फत विषय विज्ञ, विभिन्न विद्यालयका विषयगत शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, निजी विद्यालय संगठन र सामुदायिक विद्यालय संगठन, अभिभावकसँग छलफल गर्ने उनले जानकारी दिए ।

कक्षा १ देखि ३ सम्म २०६२, कक्षा ४ र ५ को २०६५ र कक्षा ६ देखि ८ को २०६९ मा जारी गरिएको स्थानी पाठ्यक्रममा स्थानीय, मातृभाषा वा कुन-कुन भाषामा अध्यापन गराउनुपर्ने व्यवस्था गरिएको थियो ।

तर, कतै पनि सो व्यवस्था कार्यान्वयनमा आएको थिएन । शिक्षा पनि स्थानीय तहकै मातहतमा गएपछि भने स्थानीय तहहरुले नगरभित्र स्थानीय पाठ्यक्रम लागू गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment