Comments Add Comment

च्यासलबिरुद्ध क्यामरुनको कठिन जित

Photo Credit : Ram gurung

१६ माघ, पोखरा । मनकामना केबलकार पोखरा कपमा क्यामरुनको डफिन्स टिम फेमेलीले विजयी शुरुआत गरेको छ । फिन्स टिमले च्यासल युथ क्लवबिरुद्ध १-० को कठिन जित निकाल्दै सुखद शुरुआत गरेको हो ।

क्यामरुनका लागि प्रिसोले निर्णायक गोल गरे । उनले खेलको दशौं मिनेटमै गोल गरेका थिए । इकोबेनले प्रहार गरेको बलमा उनले हेडर गोल गरेका हुन् ।

फ्रेञ्चाइजी लिग खेल्ने उद्धेश्यले नेपाल आएको क्यामरुनको डफिन्स टिम फेमेलीको यो पहिलो जित हो । यसअघी खप्तड गोल्डकप र इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपमा पहिलो खेलबाटै पराजित क्यामरुन पोखरामा भने जित निकाल्न सफल भएको हो ।

खेलको दोश्रो हाफको थपिएको समयको पनि अन्तिम मिनेटमा क्यामरुनका इकोबेनले डि बक्सभित्र किपरसँग वान टु वानको अवस्थामा पनि गोल गर्न चुके ।

बिजयी टिम क्यामरुनको डफिन्स टिम फेमेलीका कोअर्डिनेटर आशिक थापामगरले नयाँ ठाउँमा खेलाडीलाई एडजस्ट गर्न गाह्रो हुँदा सोंचेजस्तो खेल्न नसकेपनि पहिलो जित निकाल्न सफल भएकोमा खुशी व्यक्त गरे ।

उनले क्यामरुनको डफिन्स टिम फेमेली त्यहाँको एकेडेमीमा रहेका खेलाडीहरुको टिम रहेको प्रष्ट्याए । उनले आगामी खेल खेल्नको लागि थप तीनजना स्ट्राइकर आउने जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत विहीबारको खेल स्थगित भएको छ । आयोजक पोखरा ११ सँग खेल्ने बि्रगेड ब्याइज क्लव इटहरीमा भइरहेको मदन मेमोरियल गोल्डकपका लागि बस्नु पर्ने भएकाले विहीबारको खेल शुक्रबारलाई सारिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

उनले प्राविधिक कारणले खेल सरेपनि सेड्यूल परिवर्तन नहुने उनले स्पष्ट पारे ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बलको एपीएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, बि्रगेड ब्वाईज क्लव रहेका छन् ।

त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेताले सात लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपबिजेताले चार लाख पाँच हजार पाउने छ ।

सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उत्कृष्ट हुने डिफेन्स, मिडफिल्डर,स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजक जिल्ला फुटबल संघ कास्कीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment