Comments Add Comment

लिभरपुललाई लेष्टरले रोक्यो, बर्नेमाउथसँग चेल्सीको लज्जास्पद हार

Photo Credit : प्रियिमर लिग

१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुललाई लेष्टर सिटीले १–१ गोलको बराबरीमा रोक्न सफल भएको छ ।

बुधबार राति भएको खेलमा लिभरपुल आफ्नै घरेलु मैदानमा लेष्टरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा नै लिएको अग्रतालाई लिभरपुलले जोगाउन नसक्दा अंक बाड्न पुग्यो ।

साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा लेष्टरले गोल गर्दै बराबरीमा ल्याएको थियो ।

बुधबार राति नै भएको अर्को खेलमा चेल्सीले बर्नेमाउथसँग लज्जास्पद हार ब्यहोरेको छ । चेल्सीले घरेलु टिम बर्नेमाउथसँग ४–० गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको बर्नेमाउथले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गर्न सफल भएको थियो ।

त्यस्तै, अर्को खेलमा टोटनह्यामले वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफसम्म १–० गोलले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो । लिगकै अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको बराबरीसँगै २४ खेलबाट ६१ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २४ खेलबाट ५६ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको समान खेलबाट ५४ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment