Comments Add Comment

भारत ९२ रनमै अलआउट !

Photo Credit : आईसीसी

१७ माघ, काठमाडौं । पछिल्लो समयमा एकपछि अर्को क्रिकेटको तीन वटै फर्म्याटको सिरिज जित्दै आएको भारत न्यूजील्यान्डसँगको खेलमा भने नराम्ररी पछारिएको छ ।

भारत विगत केही महिनादेखि लगातार आफुले खेल्दै आएका सिरिज जितेको छ । तर न्यूजील्यान्ड भ्रमणमा रहेको भारतले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पारेपनि चौथो एकदिवसीय क्रिकेट खेलमा भारतले लज्जास्पद हार ब्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३०.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो । सेडन पार्कमा भएको खेलमा भारतका कुनै पनि खेलाडीले १८ रन भन्दा माथिको स्कोर बनाउन सकेन ।

भारतका लागि बलर युज्भेन्द्र चाहलले अविजित १८ रन बनाए । भारतको यो नै सबैभन्दा उच्च स्कोर हो । त्यस्तै, हार्दिक पाण्ड्याले १६ रन बनाउँदा बलर कुलदीप यादवले १५ रनको योगदा दिए । त्यस्तै, शिखर धवन भने १३ रनमा आउट हुदा कप्तान रोहित शर्मा सात रनमा आउट भएका थिए ।

भारतका नियमित कप्तान विराट कोहलीको स्थानमा रोहितले कप्तानीको भूमिका निर्वाह गरेका थिए । भारतीय ब्याट्सम्यानलाई सस्तैमा आउट गर्न न्यूजील्यान्डका टे्रन्ट बोल्टले पाँच विकेट लिए । उनले १० ओभरमा ४ ओभर मेडन राखेर २१ रन खर्चिदै पाँच विकेट लिएका थिए ।

९३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । न्यूजील्यान्डका रोस टायलरले अविजित ३७ र हेनरी निकोलसले ३० रन बनाएका थिए ।

पाँच खेलको एकदिवसीय सिरिज भारतले दुई खेलअघि नै जितिसकेको थियो । न्यूजील्यान्डले सिरिज ३-१ को स्थितिमा पुर्‍याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment