Comments Add Comment

बुटवलको कृषि मेलामा ४५ जिल्लाका उत्पादन राखिने

१८ माघ, बुटवल । बुटजल उद्योग वाणिजय संघको आयोजनामा बुटवलमा हुन लागेको नवौं कृषि मेलामा ४५ जिल्लाका कृषिजन्य उत्पादनहरु राखिने भएका छन् ।

प्रदेश ५ सरकार,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा माघ २१ देखि २६ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुने मेला प्रदेशस्तरीय हो ।

मेलामा १२५ वटा स्टलहरु रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलामानिशुल्कमाटो परिक्षण शिविर, उन्नतजातका बीउविजनको बिक्रीवितरण, बोटविरुवा स्वास्थ्य परीक्षण शिविर, कृषिकर्जा तथा बीमा, स्थानीय खानाका परिकारहरु, ४५ जिल्लामा उत्पादित कृषि उपजहरुको प्रदर्शनी एवं प्रतियोगिता, कृषि सुचना केन्द्रमार्फत आधुनिक प्रविधि सम्बन्धी जानकारी एवं परामर्श, टर्की, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

यस्तै पशुपंक्षी परामर्श सेवा, बजार व्यवस्थापन, पालनविधि, खोप तथा खोरको बारेमा जानकारी,रासायनिक मिसावट पत्तालगाउने घरायसी उपायहरुबारे जानकारी,ब्यबसायिक कृषि बहस, अन्तरक्रिया गोष्ठी, १८५ किलोको बोका, अन्तर उच्च माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम पनि आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन् ।

मेलाले प्रदेश ५ र यस आसपासका जिल्लाहरुमा उच्च मूल्यमा विक्री हुने नगदेवाली र तरकारीजन्य उत्पादन वृद्धि गर्न प्रेरित गर्ने, आधुनिक कृषि प्रविधि, बीउविजन, कृषिऔजार र मेशिनरीबारे जानकारी दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधि हस्तान्तरण गर्ने, वैकल्पिक ऊर्जा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, उपभोक्ता बीच स्वदेशी उत्पादनहरुको पहिचान, प्रचारप्रसार एवं उपभोगको चाहना अभिवृद्धि गरी किनमेलमा प्रोत्साहित गर्ने संघका अध्यक्ष हमालले बताए ।

यस्तै दुग्धजन्य, मासुजन्य, फलफूलजन्य, तरकारीजन्य तथा तुलानात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरुको व्यवसायीक उत्पादनतर्फ उत्मुख गराउने, बुटवललाई कृषि उपजको बृहत संकलन केन्द्रको रुपमा स्थापित गराउँदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिदै निर्यात प्रवर्द्धन गर्ने, कृषिमा आधारित उद्योगमा लगानीकर्ताहरु आकषिर्त गर्ने, दुग्धजन्य वस्तुको उत्पादन वृद्धि एवं विविधिकरणमा सहयोग पुर्‍याउने र विशिष्टीकरण मेलाहरुलाई स्थापित गर्ने पनि मेलाको उद्देश्य रहेको अध्यक्ष हमालले बताए ।

मेलामा कृषक समूह, सहकारी एवं कृषिसँग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरुको सिफारिसमा किसानहरुलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएकोछ ।

मेलाको एकलाख २५ हजारले अवलोकन गर्ने आयोजकको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment