
बुटवल । रुपन्देहीको ठूलो र पुरानोदानापुर ताल संरक्षणको पर्खाइमा छ । तालको उचित ब्यवस्थापन र संरक्षण हुन सकेको छैन ।
कञ्चन गाउँपालिका वडा नम्बर १ मा रहेको दानापुर ताललाई जिल्लाको रारा भनेर समेत चिनिन्छ । ९१ हेक्टर क्षेत्रफल रहेको समयामाई सामुदायिक वन क्षेत्रभित्र रहेको ताल १९ दशमलव ६ हेक्टरमा फैलिएको छ ।
तर, तालको संरक्षणमा प्रदेश र स्थानीय सरकारको पहल नगरेको सामुदायिक वनका अध्यक्ष मीनबहादुर थापाले बताए ।
तालभित्र बोटिङ, पिकनिक स्पट, भ्यु टावर समेत निर्माण गरिएको छ तर, उचित संरक्षण हुन सकेको छैन ।
गाउँपालिकाले पनि सहयोग नगरेको उनको गुनासो छ । ‘यहासम्म त हाम्रो पहलमा आएको छ तर, हाम्रो एकल प्रयासले केहि नहुँदोरहेछ । सबैले ध्यान दिनुपर्यो, थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4