Comments Add Comment

चेल्सीको फराकिलो जितमा हजार्ड र हिगुइनको दुई–दुई गोल

Photo Credit : प्रिमियर लिग

२० माघ, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

शनिबार भएको खेलमा घरेलु टोली चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । चेल्सीको जितमा गोन्जालो हिगुइन र इडेन हजार्डले समान २–२ गोल गरे । त्यस्तै, डेभिड लुइजले एक गोल थपे ।

हिगुइनले १६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा हजार्डले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गर्दा हडर्सफिल्डले भने कुनै प्रभावकारी प्रदर्शन गर्न सकेन ।

६६ औं मिनेटमा हजार्डले दोस्रो गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए । ६९ औं मिनेटमा हिगुइनले गोल गर्दै चेल्सीलाई ४–० को अग्रता दिलाए भने ८६ औं मिनेटमा लुइजले गोल गरेपछि चेल्सीले हडर्सफिल्डलाई ५–० गोलअन्तरले पराजित गर्न सफल भएको हो ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा क्रिष्टल प्यालेसले फुलहमलाई २–० ले, वुल्भ्सले एभर्टनलाई ३–१ ले र कार्डिफ सिटीले बर्नेमाउथलाई २–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, बर्नली र साउथह्याम्पटन १–१ गोलको बराबरी रोकिदा ब्राइटन र वाटफोडले गोलरहित बराबरी खेलेका छन् ।

जितपछि चौथो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक भएको छ । हडर्सफिल्डको भने २५ खेलबाट ११ अंक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment