
२० माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ८ दशमलव ५७ अंकले गिरावट आएको छ ।
आइतबार सेयर बजारमा ८ दशमलव ५७ अंकले गिरावाट आउँदा नेप्सेपरिसूचक १ हजार १ सय ५३ दशमलव ०६ मा आइपुगेको छ ।
दिनभर भएका ५ हजार ७ सय ८५ कारोबारबाट विभिन्न् कम्पनीका १ लाख ५२ हजार ७ सय ६ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ४१ करोड ५७ लाख ७३ हजार ६ सय ३ रुपैयाँमा रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा आइतबार माछापुच्छ्रे बैंक अग्रस्थानमा देखिएको छ ।
आइतबार माछापुच्छ्रे बैंकको संस्थापक सेयरमात्रै ५ करोड ९३ लाख ५ हजार ४ सय ४८ रुपैयाँको किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4