Comments Add Comment

अविनाश प्लेयर अफ द सिरिज घोषित

२० माघ, काठमाडौं । युएईविरुद्धको टी-२० सिरिजमा अविनाश बोहोरा प्लेयर अफ दी सिरिज घोषित भएका छन् । उनी आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अविनाशले आइतबार भएको अन्तिम खेलमा दुई ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिए ।

दोस्रो टी–२० सिरिजमा नेपाल विजयी हुँदा अविनाशले तीन विकेट लिएका थिए । उनले चार ओभर बलिङ गर्दै २० रन खर्चेर तीन विकेट लिएका थिए ।

त्यस्तै, टी – २० सिरिजको पहिलो खेलमा डेब्यू गरेका उनले उक्त खेलमा एक विकेट लिए । चार ओभर बलिङ गरेका अविनाशले ३६ रन खर्चेर एक विकेट लिएका थिए ।

अविनाशले सिरिजका सबै तीन खेलमा गरी ६ विकेट लिए । उनको इकोनोमी ७.२० रहेको छ ।

यद्यपी उनले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा भने खेल्न पाएनन् ।

अविनाश यू–१९ क्रिकेट टीमका सदस्य हुन् । मिडियम फाष्ट बलर अविनाश घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कारण टिममा परेका थिए ।

यो पनि पढ्नुहोस् : 

अविनाश बोहरा : आर्मी बन्न आउँदा क्रिकेटर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment