+
+
Shares

बुधबारदेखि प्रदेश १ को विराटनगरबाट पनि श्रम स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते १२:०२

२१ माघ, काठमाडौं । सरकारले आउँदो बुधबारदेखि प्रदेश एकको विराटनगरबाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाउने भएको छ ।

सबै प्रदेशमा श्रम स्वीकृति लगायतका सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि विराटनगरबाट समेत यस्तो सुविधा प्रदान गर्न लागिएको हो ।

यस अघि प्रदेश नम्बर २ को जनकपुर, ३ नम्बर प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर ५ को बुटवल, कणर्ाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति दिने काम शुरु भइसकेको छ ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा सेवा आरम्भका लागि प्राविधिक तथा व्यबस्थापनको तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

विराटनगरमा यो उद्घाटन भएसँगै अब सर्वसाधारणले सातै प्रदेशबाट श्रम स्वीकृति लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यस अघि काठमाडौंबाटमात्रै श्रम स्वीकृति पाउने व्यवस्था थियो । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

श्रम स्वीकृति लगायतका सेवाहरु प्रदेशमै उपलब्ध हुने भएपछि वैदेशिक रोजगार कार्यालय ताहाँचलमा करिब ६० प्रतिशत भीड कम भएको छ । सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्न थालेपछि ताहाचलमा हुने चाप ७० प्रतिशत भन्दा बढी कम हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?