Comments Add Comment

क्रिकेट खेलाडीलाई विमानस्थलमा रातो कार्पेट

२१ माघ, काठमाडौं । पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ ।

खेलाडीको स्वागतमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

खेलाडीहरुका लागि रातो कार्पेट समेत विछ्याइएको थियो ।

जनही ५ लाख दिन सिफारिस

यसैबीच राखेपले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । सदस्य सचिव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment