Comments Add Comment

‘चौका दाउ’ हेर्नेले मन पराउनुभएको छः पुर्णेन्दु झा

पौषको २७ गतेबाट रिलिज भएको चलचित्र ‘चौका दाउ’ले औषत व्यापार गर्दै गर्दा यसलाई दर्शकले भने कस्तो प्रतिक्रिया दिए त ? स्टार कलाकार भन्दा पनि कमेडीमा अब्बल कलाकार राखेर पुर्णेन्दु झाले निर्देशन गरेको यो चलचित्रलाई दर्शकले कती मन पराए त ?

निर्देशक झा भन्छन्–‘चलचित्रलाई सेन्सरमा पनि मन पराइएको थियो । कमेडी कथालाई सेन्सरका सदस्यहरुले राम्रो भन्नुभएको थियो । चलचित्र रिलिजपूर्व चितवनमा आयोजित प्रिमियरमा पनि दर्शकले रुचाउनुभएको थियो ।’झाका अनुसार, जुन उद्देश्य बोकेर उनले चलचित्र बनाएका थिए यसमा उनी सफल भएका छन् । उनले भने–‘हामीले विशुद्ध मनोरञ्जनलाई बोकेर चलचित्र बनाएका थियौ । यसमा सफल भएका छौ भन्ने लागेको छ ।’

अहिले नेपाली चलचित्र नचिलरहेको अवस्था छ । विशेषत, जाडो महिनाका कारणले पनि कम शो हुँदा चलचित्रले घाटा ब्यहोर्नुपरेको छ । यो चलचित्रको निर्माणपक्ष जाडो मौसमको असर चलचित्रको व्यापारमा केही परेको बताउँछ ।

सन्तोष पन्त, तैयब शाह, बर्षा राउत, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले एक यूवतीसँग पाका मानिसहरुको सम्बन्धलाई देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment