Comments Add Comment

नेपाललाई टी-२० सिरिज दिलाउने त्यो अविश्वसनीय क्याच

काठमाडौं । तेस्रो तथा अन्तिम टी-२० यूएईमाथि १४ रनको जित हात पार्दै नेपाललाई टी-२० सिरिज जिलाउने क्रममा नेपाली खेलाडीहरुको प्रदर्शन लोभलाग्दो थियो ।

कप्तान पारस खड्कासँगै विनोद भण्डारी र सन्दीप जोराले विस्फोटक ब्याटिङ गरेका थिए भने अभिनाश बोहोरा, करण केसी र अन्तिम ओभरमा ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । तर, धेरैको मन उपकप्तान ज्ञानेन्द्र मल्लले जिते ।

त्यसमा पनि अन्तिम ओभरको पहिलो बलमा ज्ञानेन्द्रले लिएको क्याच लोभलाग्दो थियो ।

यदि यो बलमा छक्का वा चौका भएको भए खेल नेपालको पक्षमा नआउन पनि सक्थ्यो ।

तर, ज्ञानेन्द्रले डाइभ हान्दै क्याच लिएका थिए । ‘एउटा फिल्डरका रुपमा कति छिटो बलमा पुगौं भन्ने हुन्छ । बाउन्ड्री लाइनमा फिल्ड गरिरहेको छु भने कसरी चौकाछक्का रोक्ने, कसरी क्याच लिने भन्ने हुन्छ’ उनी भन्छन्, ‘त्यो बेला क्रुसल टाइम थियो । त्यो बल बाउन्ड्री वा छक्का हुनु हामीलाई दबाव हुनसक्थ्यो ।’

‘बल देख्न वित्तिकै कति चाँडो पुगौं भन्नेभयो । सकेसम्म क्याच लिने र नभए पनि बाउन्डी रोक्ने सकेेँ भने हाम्रो लागि राम्रो हुन्छ भन्ने सोचेर बल नजिक पुगेको थिए । हात लगाएँ र क्याच नै लिन सफल भएँ’ ज्ञानेन्दले अघि भने ।

ललित राजवशीको बलमा ज्ञानेन्द्रले लिएको यो क्याचसँगै खेल नेपालको पक्षमा आयो ।

तर, ज्ञानेन्द्र भने त्यो भन्दा पनि साइमन अनवरको क्याचलाई महत्वपूर्ण मान्छन् ।

जुन उनैले करण केसीको बलमा लिएका थिए । अनवर राम्रो पारी खेलिरहेका थिए र उनले यूएईलाई जिताउन सक्थे । तर, आठौं ओभरको पहिलो बलमा बलमा ज्ञानेन्द्र मल्लले लङ अन बाउण्ड्रीमा एक हातले क्याच लिइदिए ।

उपकप्तान ज्ञानेन्द्र भन्छन्, ‘अन्तिम ओभरको भन्दा साइमन अनवरको क्याच निर्णायक मान्छु ।’

नेपाललाई टी-२० सिरिज दिलाउने त्यो खेलमा उपकप्तान ज्ञानेन्द्रको समग्र फिल्डिङ अविश्वसनीय थियो । त्यसैले त ब्याटिङ प्रशिक्षक उमेश पटवालले खेलपछि करण म्यान अफ दि म्याच भएपनि वास्तविक नायक ज्ञानेन्द्र भएको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment