Comments Add Comment

रामेछापमा चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु

२२ माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मेयरकप रामेछाप सिभिल च्याम्पियनसीप चौथो राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको प्रतिनिधिसभाका सांसद एवं पूव गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले उद्घाटन गरे । सांसद श्रेष्ठले प्रतियोगिताले रामेछाप जिल्लाको पहिचान र खेल क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने बताए ।

प्रदेश सांसद शान्तिप्रसाद पौडेलले मन्थलीमा सुविधासम्पन्न खेल मैदान निर्माणको लागि तत्काल काम अघि बढाइने बताए ।

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले यूवा खेलाडीहरुको सुखद सुरुवात भएको बताए । प्रतियोगितामा ७ वटै प्रदेशका एक/एक र रामेछापका दुई गरी ९ टीम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment