Comments Add Comment

लभमेकिङका क्रममा किन महिलाले आँखा चिम्लन्छन् ?

लभमेकिङ, दुई विपरित लिंगबीचको शारीरिक क्रिया मात्र होइन । यसमा शरीरसँगै भावना पनि जोडिएको हुन्छ । जब दुई व्यक्ति आपसमा इन्टिमेन्ट हुन्छन्, तब उनीहरुको दिल-दिमागमा केही प्रश्न उठ्छ ।

यौनका विषयमा हरेकसँग अनेक प्रश्न हुन्छ, तर यस सम्बन्धमा एकदमै कम व्यक्तिमात्र आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्छन् । अक्सर पार्टनरकाबीचमा एकअर्काको लागि केही किसिमका प्रश्न हुनेगर्छ ।

यौन सम्पर्कको बेला खासगरी पुरुषहरुको मनमा एउटा प्रश्न उठ्छ, आखिर महिलाहरु किन आँखा चिम्लन्छन् ?

कतिपयले आँखा बन्द नगर्न सक्छ । यदि आँखा बन्द गर्दैन भने केही न केही यौन समस्या छ भनेर पनि बुझ्ने गरिएको छ । त्यसो भए के यौन सम्पर्कको क्रममा महिलाले आँखा चिम्लनैपर्छ ? किन उनीहरु आँखा चिम्लन्छन् ? के छ यसको कारण ?

के भन्छ रिसर्च ?

एक शोधबाट के थाहा भएको छ भने, जसै हाच्छि्यु गरिन्छ, त्यसमा हाम्रो कुनै नियन्त्रण हुँदैन । हाच्छ्यु गरिरहँदा हाम्रो आँखा बन्द हुन्छ, यो स्वतस्फूर्त हुने क्रिया हो । ठिक यसैगरी महिलाहरु यौनमा चरमसुखको बेला आँखा खोल्न सक्दैनन् । खासगरी यसबेला उनीहरुको ग्ल्यान्डबाट तरल स्रावित हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश पठाउँछ ।

क्लाइमेक्ससम्म पुग्नमा दिक्दारी

एक सर्वे अनुसार कुनै महिला यदि यौन सम्पर्कका क्रममा आँखा बन्द गर्छन् भने यसको अर्थ हुन्छ कि उनले यौन सम्पर्कको पुरापुर आनन्द लिइरहेका छन् । शोधबाट यो कुरा थाहा भएको छ कि, आँखा बन्द हुनुसँग दिमागको गहिरो सम्बन्ध छ ।

यस्तो मानिन्छ कि, यदि दिमाग खुला रहन्छ भने महिलाको ध्यान पार्टनरमाथि पर्न जान्छ । यसले उनको ध्यानभंग हुन्छ । त्यहीकारण उनीहर क्लाइमेक्ससम्म पुग्न पाउँदैनन् ।

भावनात्मक कारण

यौन सम्पर्कका क्रममा दम्पती एकअर्कावीच एकाकार भएको अनुभूत गर्छन् । उनीहरु आफुहरुवीचैका इन्टीमेसी र केमेस्ट्रीमा इन्जोए गरिरहेका हुन्छन् । यौन सम्पर्कका क्रममा उनीहरु पार्टनरलाई सहयोग र सुरक्षा महसुष गराउन चाहन्छन् ।

यौन सम्पर्कका क्रममा एकाग्रता एकदमै जरुरी हुन्छ । आँखा खुला हुँदा बाहिरी चिज एवं आवाजले यौनप्रतिको ध्यान भंग गरिदिन्छ । त्यसैले यौन सम्पर्कका क्रममा महिलाहरु आँखा बन्द गर्छन् ।

कारण लाज पनि

यौन सम्पर्कका क्रममा महिलाहरुले आँखा चिम्लनुमा लाज पनि एउटा कारण हुनसक्छ । यद्यपी यस्तो लाज भने पहिलो पटकको यौन सम्पर्कमा हुने गर्छ । आफुलाई सर्वाङ्ग बनाइरहँदा उनीहरु लजाउँछन् । असहज महसुष गर्छन् । त्यही कारण उनीहरु आँखा चिम्लन्छन् ।

खासमा भन्ने हो भने लभमेकिङका क्रममा महिलाहरुले आँखा चिम्लनु सामान्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment