Comments Add Comment

अष्ट्रेलियाको बहुसाँस्कृतिक मेलामा नेपाल

क्यान्वेरा / अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारले वार्षिक रुपमा आयोजना गर्ने क्यान्वेरा बहुसाँस्कृतिक मेलामा नेपाली सहभागिता उत्साहजनक बनाउन क्यान्वेरास्थित नेपाली दूतावासले सबैमा अनुरोध गरेको छ ।

अष्ट्रेलियाकै प्रमुख बहुसाँसकृतिक मेलाहरु मध्यको एक क्यान्वेराको बहुसाँस्कृतिक मेलालाई अवलोकन गर्न अष्ट्रेलिया भरबाट लाखौको भिडलाग्ने गर्दछ ।

यही फेब्रुवरी १५ शुक्रवारबाट सुरु हुने मेला १७ आइतबारसम्म क्यान्वेराको मुटु सिभिकमा आयोजना हुनेछ ।

शनिवारका दिन हुने बहुसाँस्कृतिक र्‍यालीमा नेपाली कला संस्कृति झल्कने प्रदर्शनीका निम्ति नेपाली दूतावासको पहलमा स्थानीय नेपाली संघ संस्थाको सहयोगमा परेड गरिने भएको छ।

बीसवर्ष भन्दा पुरानो इतिसाँस बोकेको क्यान्वेराको बहुसाँस्कृतिक मेलामा नेपाललाई चिनाउने यो अवसरमा सहभागिताको लागि दूतावासले सबैमा अनुरोध गरेको छ ।

र्‍यालीमा भागलिन नेपालीपन झल्कने पहिरनमा शनिबार Glebe पार्कमा तीन बजे भेला हुन अनुरोध गरिएको छ ।

बुधबार दूतावासमा आयोजित एक भेलामा कार्यवाहक दूतावास प्रमुख दुरपदा सापकोटाले बहुसाँस्कृतिक मेलामा नेपाली सहभागिताका बारेमा स्थानीय नेपाली समुदायलाई जानकारी गराउँदै सहयोगका लागि अनुरोध गरे ।

राजदूत लक्की शेर्पाको राजीनामापछि राजदूत बिहीन बनेको क्यान्वेरास्थित नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु सुरू रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment