Comments Add Comment

नेपाल आइडलका विजेता अष्ट्रेलियामा

सिड्नी/ नेपाल आइडलका विजेताहरु सिड्नी आइपुगेका छन् । शुक्रबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु सिड्नी आइपुगेका हुन् ।

अष्ट्रेलियाका पर्थ, वि्रसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रमम सकेर उनीहरु कोरिया पुगेका थिए ।

सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरमा जस्तै सिड्नीमा पनि आफूहरुले दर्शकको माया पाउने बताए ।

यता आयोजक संस्था नेपाली टचका संयोजक राजकुमार गोस्वामीले नेपाल आइडलका लागि बिदेशबाट साथ दिने समर्थकहरुसंग साक्षात्कार गर्ने अवसरका रुपमा आफूले लिएको बताए ।

अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेका नेपाल आइडलको दोस्रो संस्करणका विजेता रवि ओडसँगै विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी सहभागी छन् ।

कार्यक्रममा यो सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसका संचालक बद्री अर्यालले नेपाली कलाकारहरुलाई सहयोग गर्नु आफ्नो जिम्मेवारी र कर्तव्य पनि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment