Comments Add Comment

काठमाडौं वरपरका डाँडामा हिउँ, पारखीको मस्ती (फोटो फिचर)

२६ माघ, काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाकाँडामा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको वर्षाले चिसो बढेपछि चन्द्रागिरी, फूलचोकीलगायत काठमाडौं वरपरका डाँडाकाँडामा हिउँ परेको हो ।

हिउँले बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

चन्द्रागिरी फुल्चोकीलगायतका डाँडाहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरु शनिबार बिहानैदेखि हिउँको मजा लुटिरहेका छन् ।

पानी रोकिएर घाम लाग्न सुरु भएसँगै काठमाडौं उपत्यका वरिपरिको दृश्य थप चित्ताकर्षक देखिएको छ ।

यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा हिउँ परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment