Comments Add Comment

म पनि लेख्छु नि !

२७ माघ, काठमाडौं । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ ।

सरस्वती पूजा गर्न स्वयम्भूको सरस्वती मन्दिरमा घुँइचो लागेको थियो । मन्दिरमा पूजा गर्ने र मन्दिर परिसरका भित्तामा अक्षर लेख्नेहरुको भीड लागेको थियो । भित्तामा अक्षर लेख्नेमा भर्खरै लेख्न सिक्नेदेखि वृद्धासम्म थिए । उक्त भित्तामा लेख्दा ज्ञान बढ्ने विश्वास छ ।

आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । उपत्यकाका मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पनि आज भक्तजनको घुइँचो लागेको छ ।

हेर्नुहोस् तस्वीरहरु : 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment