Comments Add Comment

चौथो राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

२७ माघ, रामेछाप । मन्थलीमा जारी मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा गण्डकीले रामेछापको नमूनादीप युवा क्लबलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । उसले नमुनादीपलाई २५–२२, २५–२१ र २५–१८ को सोझो सेटमा हराएको हो ।

जितसँगै गण्डकी प्रदेशले ३ लाख रुपैयाँ हात पारेको छ । उपविजेता नमूनादीप युवा क्लबले २ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

तेस्रो भएको मन्थलीको शान्तिदीप युवा क्लबले १ लाख र प्रदेश १ ले चौथो हुँदै ५० हजार रुपैयाँ पाएको छ । शान्तिदीपले प्रदेश १ लाई २५–२३, २०–२५,२५–१५,२३–२५ र १६–१४ को सेटमा हराएको हो ।

माघ २२ गते सुरु भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गण्डकीका हरिनारायण पाण्डेले १५ हजार रुपैया पुरस्कार जिते ।

उत्कृष्ट सर्वर शान्तिदीपका प्रताप खवास, उत्कृष्ट ब्लकरमा गण्डकीका बलिराम चौधरी, उत्कृष्ट स्पाइकर नमूनादीपका कुलबहादुर थापा, उत्कृष्ट डिफेन्डरमा गण्डकीका राजन दर्लामी, उत्कृष्ट सेटरमा गण्डकीका सुजन चखाल र उत्कृष्ट प्रशिक्षकमा गण्डकीका राजुकुमार गुरुङ छानिए । उनीहरुले जनही १० हजार रुपैयाँ पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment