Comments Add Comment

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो लाइसेन्स

२८ माघ, काठमाडौं । मुलुककै सबै भन्दा धेरै पुँजी भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सञ्चालन अनुमति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले सोमबार बैंकका अधिकारीहरुलाई कारोबार सञ्चालन गर्ने इजाजत प्राप्त हस्तान्तरण गरे ।

यो बैंक पुँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार -यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, निजी कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा यस बैंकले इजाजत पाएको हो ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र वाहृयस्रोत जुटाउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment