+
+

अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोगको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १९:२६

२७ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध भ्रष्टाचारको आरोपमा महाअभियोग लगाउन अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले आह्वान गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको समितिमा सभामुख म्याकार्थीले महाभियोगका लागि औपचारिक अनुसन्धान अगाडि बढाउन आह्वान गरेका हुन् ।

बाइडेन परिवारको विदेशी व्यापारमा सम्झौतामा संलग्नता रहेको आरोप लागेको भए पनि अहिलेसम्म उनको छोराहरुले प्रत्यक्ष लाभ लिएको आरोप प्रमाणित गर्न बाँकी नै छ ।

सदनमा रहेका रिपब्लिकनका प्रतिनिधिले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि नै बाइडेनका छोराको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । राष्ट्रपति बाइडेनले शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेकाले थप अनुसन्धान गर्न निर्देशन दिने सभामुख म्याकार्थीको भनाइ छ ।

बाइडेन सन् २०२४ को राष्ट्रपति पदको निर्वाचनका लागि दोस्रोपटक दौडमा छन् । रिपब्लिकन पार्टीले राष्ट्रपति बाइडेनमाथि उक्त मुद्दामा महाअभियोग लगाउन सभामुखले भूमिका नखेले पदबाट हटाउने धम्की दिइरहेका थिए ।

तर ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले राजनीतिक बदलाको रुपमा महाअभियोगको आह्वान आएको प्रतिक्रिया दिएका छन् ।

ह्वाइट हाउस प्रवक्ता इयान साम्सले सभामुखले महाअभियोगका लागि गरेको आह्वान सबभन्दा खराब र चरम राजनीति प्रतिशोध भएको बताए ।

‘हाउसमा रिपब्लिनहरूले ९ महिनादेखि राष्ट्रपतिमाथि छानबिन गर्दै आएका छन्, तर आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला पार्न सकेका छैनन् । राजनीतिक प्रतिशोधका कारण महाअभियोगका लागि आह्वान भएको सजिलै बुझ्न सकिन्छ’, ह्वाइट हाउस प्रवक्ता साम्सले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?