+

एयरफ्रायरमा पकाएको खाना कति स्वस्थकर ?

२०८० भदौ  २७ गते १४:१० २०८० भदौ २७ गते १४:१०
एयरफ्रायरमा पकाएको खाना कति स्वस्थकर ?

अहिले जीवनयापन खर्च निकै बढिरहेको छ । त्यसमा पनि बढ्दो महंगीले खानामा हुने खर्च दिनप्रतिदिन बढ्दो छ । यस्तोमा एयरफ्रायरमा खाना पकाउँदा तेलको बचत गर्न सकिन्छ । यसमा खाना पकाउँदा तेलको निकै कम प्रयोग गरिन्छ । त्यसोभए के खाना पकाउने अन्य विकल्पको तुलनामा एयर फ्रायर बढी स्वस्थ्यवर्दक हुन्छ ?

बीबीसी रेडियो-४ को ‘स्लाइस्ड–ब्रेड’ कार्यक्रम सञ्चालक ग्रेग फुटले यसै सम्बन्धमा दुईजना विज्ञसँग कुरा गरी एयरफ्रायरको फाइदा र सीमितता बुझ्ने प्रयास गरेका छन् ।

चारैतर्फ तातो हावा दिएर खाना पकाउँछ

एयरफ्रायर लगभग ब्रेड-मेसिनको आकारमा हुन्छ । जुन किचन काउन्टरमा सजिलै फिट हुन्छ । यसले धेरै उच्च गतिमा भित्र राखिएको खाना वरिपरि अत्यधिक तातो हावा पास गर्छ । जसले छिटो खाना पकाउन मद्दत गर्छ ।

इम्पेरियल कलेज लण्डनमा पाकशिक्षा डिजाइनर जेकब रेड्जिकोसकी भन्छन्, ‘यसले मुख्य रुपमा धेरै तीव्र गतिमा तातो हावा दिन्छ । यसलाई हामी हेयर ड्रायर जस्तै उपकरण हो, भन्न सक्छौं ।’

यो जडित फ्यान–ओभन जस्तो तर छोटो आकारको हुन्छ । यसभित्र भएका पंखाहरु तेज गतिका हुन्छन् । जेकब भन्छन्, ‘एयर फ्रायरको फ्यान धेरै बलियो हुन्छ । र, यसका भाग एकदम सानो हुन्छन्, समग्रमा यसमा जडित सम्पूर्ण उपकरण धेरै राम्रो हुन्छ ।’

छिटो खाना पकाउँछ

एयरफ्रायरमा लेग पिस २० मिनेटमा पकाउन सकिन्छ । यसको दाँजोमा अन्य चुलोमा पकाउन अलि बढी समय लाग्छ । परम्परागत ढंगल पकाउने भने त सुरुमा तताउनै धेरै समय लाग्छ ।

यसको खाना राख्ने र पकाउने ठाउँ सानो छ । जसकारण एक पटकमा थोरै मात्र खाना पकाउन सकिन्छ । खाद्य वैज्ञानिकका अनुसार चार वा छ जना व्यक्तिको लागि खाना पकाउन यो चुलो उपयुक्त हुन्छ ।

फ्रायरमा धेरै पटकमा थोरै मात्रामा खाना राख्न सकिन्छ । जसले गर्दा समय बचत गर्न भने त्यति उपयुक्त नहोला ।

क्रिस्पी परिकारका लागि

एयरफ्रायरका विज्ञापनमा धेरैजसो कुखुरा र फ्राइ गरिएका खानेकुरा पकाउँदै गरेको देखिन्छ । क्रिस्पी र क्रन्ची पकवानका पारखीलाई यो उपकरण निकै उपयोगी छ । यसले खाना क्रिस्पी बनाउँछ ।

स्वास्थ्यका लागि कति फाइदाजनक ?

जेकब भन्छन्, ‘यदि धेरै तातो तेलमा डिप फ्राइ गर्ने परिकारलाई एयर फ्रायरमा पकाएको खानासँग तुलना गर्दा यो पक्कै पनि स्वास्थ्यका लागि विकल्प हो । यो परम्परागत चुलोमा पकाउनु भन्दा स्वस्थकर हुन्छ ।

आलुमा तेल छर्केर पकाउँदा आलु भुटिने बित्तिकै त्यो तेल सोस्छ । एयर फ्रायरमा अत्यधिक तेल छ भने आफैं छानिन्छ र खानामा बस्दैन । जुन यसको राम्रो पक्ष हो । तर यो खाना पकाउने सबैभन्दा स्वस्थ तरिका होइन । यदि तपाईं स्वस्थ खाना खान मन पराउनुहुन्छ भने बाफमा बनाइएको खाना तपाईंको लागि सबैभन्दा फाइदाजनक हुन सक्छ ।

बीबीसीको गुड फुड म्यागजिनकी सम्पादक अन्या गिल्बर्ट भन्छिन्, ‘केही नयाँ मोडलका एयर फ्रायरमा १५ फरक प्रकारका कार्य छन् । जसले त्यो उपकरणलाई अझ राम्रो बनाउँछ ।’

ओभनभन्दा कम विद्युत खपत

एयरफ्रायर प्रयोग गर्दा विद्युत कम खपत हुन्छ । यो निष्कर्षमा पुग्न बीबीसीको स्लाइस्ड ब्रेड कार्यक्रमका निर्माता साइमन होबानले एक व्यक्तिको लागि ‘लेग पिस’  र केही फ्राइ खानेकुरा पकाए । पहिले ओभनमा  र त्यसपछि एयर फ्रायरमा सो परिकार पकाए । यस क्रममा उनले यी उपकरणबाहेक बिजुलीमा चल्ने अन्य सबै उपकरण बन्द गरेका थिए ।

त्यसपछि उनले यी दुई फरक उपकरणमा खाना पकाउन कति बिजुली खर्च भयो भनेर बिजुलीको मिटर जाँच गरे । ‘कुखुरालाई चुल्होमा पकाउन करिब ३५ मिनेट लाग्यो । मैले मिटर हेर्दा १.०५ किलोवाट-घण्टाको बिजुली खपत भएको देखियो । त्यही कुखुरालाई फ्रायरमा पकाउन करिब २० मिनेट लाग्यो र मैले हेर्दा मिटरले त्यो ०.४३ किलोवाट घण्टा बिजुली खपत गरेको देखाएको छ,‘ उनले भने ।

यसबाहेक फ्राइज पकाउँदा ओभनमा राम्रोसँग पकाउन करिब एक घण्टा लाग्थ्यो । जसमा १.३१ किलोवाट प्रतिघण्टा बिजुली खपत भएको थियो । यता, फ्रायरमा फ्राइ परिकारमा धेरै छोटो समयमा पकाइन्थ्यो ।

साइमनका अनुसार यसरी पकाउँदा केवल ३५ मिनेटमा फ्राइज तयार भयो । यसले प्रतिघण्टा ०.५५ किलोवाटको दरले बिजुली खपत गर्‍यो । यस अभ्यासले उनी एयर फ्रायरमा खाना पकाउँदा ओभनको तुलनामा आधाभन्दा कम बिजुली खपत हुने निष्कर्षमा पुगे ।

एयर फ्रायरले ओभनलाई बदल्न सक्दैन तर यसले काम गर्छ

यद्यपि एयरफ्रायरले ओभनलाई पूर्ण रूपमा बदल्न सक्छ भन्ने विश्वास गर्दैनन् । साइमन भन्छन्, ‘पक्कै पनि तपाईंले एयर फ्रायरमा पूरै कुखुरा रोस्ट गर्न सक्नुहुन्न । तर यो एक महत्वपूर्ण आविष्कार हो । मसँग पनि एउटा छ, म यसलाई धेरै प्रयोग गर्छु । यो ओभन नभएका मानिसहरूका लागि साँच्चै उपयोगी कुरा हो ।’

बीबीसी हिन्दीबाट अनुदित

एयरफ्रायर खाना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?